१२ असार २०८३, शुक्रबार

काठमाडौँका यी स्थानमा ४ दिन विद्युत् अवरुद्ध हुने

बैशाख २८, २०८१
काठमाडौं
काठमाडौँका यी स्थानमा ४ दिन विद्युत् अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने जनाएको छ । 

आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ । यी स्थानमा तोकिएको दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।  

salt training

कमेन्ट गर्नुहोस्