२३ जेठ २०८३, शनिबार
संसदीय दलको बैठक

कांग्रेसको पुरानै अडान- सहकारी प्रकरणमा संसदीय समिति नबने संसद् अवरुद्ध

बैशाख २८, २०८१
काठमाडौं
कांग्रेसको पुरानै अडान- सहकारी प्रकरणमा संसदीय समिति नबने संसद् अवरुद्ध

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको विषयमा छानबिन गर्न संसदीय समिति आफूहरूको बटमलाइन भएको बताएको छ ।

शुक्रवार बसेको संसदीय दलको बैठकले छानबिन समिति कांग्रेसको बटमलाइन भएको निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

‘सहकारी प्रकरणमा संसदीय छानबिन समितिमा आवश्यकता पुष्टि भइसकेका छ । यसैले संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो, आधारभूत कुरा हो', लेखकले भने, ‘यो कुरा गर्नका लागि सरकार सकारात्मक नबन्दा सदनका बैठकहरू प्रभावित भए यसको जिम्मा सरकारले लिनुपर्छ ।’

बैठकमा पार्टी सभापतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोल्न दिने विषय उठेको थियो । लेखकले दलको नेताको रुपमा रविले बोल्न सक्ने संकेत गरे ।

‘संदनमा बोल्न क-कसले माग गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो । हामी हाम्रो कुरा राख्छौं', लेखकले भने । 

सहकारी ठगीबारे छानबिन समितिको माग कांग्रेसको मात्रै नभएर जनताकै माग भएको उनले बताए ।

कांग्रेसले विभिन्न सहकारीको अरबौं रुपैयाँ ठगी गर्नेलाई कारवाही गर्नुपर्नेमा सरकारले उल्टै संवैधानिक निकायलाई दुरुपयोग गरेको आरोप लगाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि अनुसन्धान अगाडि नबढेको पत्र दिएको विषयलाई कांग्रेसले विरोध गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्