२८ जेठ २०८३, बिहीबार
संसद् अवरुद्ध

संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

बैशाख २८, २०८१
काठमाडौं
संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

नेपाली कांग्रेसले सदनमा नाराबाजी गरेको छ।  कांग्रेसका सांसदहरुले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको मागसहित प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका हुन् । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद गगन थापालाई बोल्न समय दिएपनि आफूहरूको माग पूरा हुने अवस्था नरहेको भन्दै कांग्रेसका सांसदले नाराबाजी गर्दै विरोध गरेका हुन् । 

कांग्रेसका सांसदहरुले ‘सहकारी पीडितलाई न्याय दे, संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’लगायतका नारा लगाउँदै नाराबाजी गरे । 

विरोधका बिच सभामुखले सदनको कारबाही अघि बढाउन खोजेपनि कांग्रेस सांसदहरू बेल घेराउमा समेत पुगे । कांग्रेसका सांसदहरुले अवरोध जारी राखेपछि सभामुखले बैठक १५ मिनेट स्थगित गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्