२९ असार २०८३, सोमबार
आजको मौसम

देशभर बदली, विभिन्न स्थानमा हावाहुरीसहित वर्षा

बैशाख २९, २०८१
काठमाडौं
देशभर बदली, विभिन्न स्थानमा हावाहुरीसहित वर्षा

 हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार जनएको छ । 

जसअनुसार शनिबार बिहानैदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। यस्तै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

यस्तै शनिबार दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि साधरणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा  हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्