बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुटवल | बैशाख २९, २०८१
‘सम्भव छ आफ्नै भूमिमा’ यो भनाइ रुपन्देशीको बुटवलका उद्यमी शंकर बस्यालको हो । उनको यो स्लोगन अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । उनले भारतमा रहँदा विभिन्न क्षेत्रमा ठूल–ठूला अवसर पाए । तर उद्यमशीलतामार्फत देशमै केही गरौं भन्ने लक्ष्यका साथ शंकर नेपाल फर्किएका हुन् । झण्डै पाँच दशक लामो मुम्बई बसाइपछि स्वदेश फर्किएका उनी हस्पिटालिटीदेखि अन्य व्यवसायमा सफल व्यक्तिको रुपमा स्थापित भएका छन् ।
विसं २००९ भदौंमा स्याङ्जाको मालुङ्गामा पिता हेमलाल र माता देउरुपाका माहिला छोरा शंकरको जीवन संघर्षले भरिएको छ । आज उनले जुन सफलताको स्थानमा आइपुगेका छन् यो बीचमा उनले थुप्रै कठिनाइका घुम्ती र मोड पार गरेका छन् । अब उनको विगततर्फ फर्किऔं ।
शंकरले प्राथामिक शिक्षा आफ्नै जन्मस्थलको विद्यालयबाट पूरा गरेका हुन् । बाल्यकालदेखि नै मेहनती स्वभावका उनी पढाइमा कहिल्यै दोस्रो भएनन् । त्यतिबेला ठाउँ–ठाउँमा विद्यालयको सुविधा पनि थिएन । त्यसैले पढ्नका लागि टाढा–टाढा जानुपर्ने बाध्यता थियो ।
घरको आर्थिक अवस्थाका कारण कक्षा १० सम्मको अध्ययन गरेका उनले औपचारिक पढाइ अन्त्य गर्नुपर्ने बाध्य आइपर्यो । तर उनको भने केही गरेरै भएपनि पढाइलाई निरन्तरता दिने चाहना थियो । यसपछि उनी कामको खोजीमा लागे । संयोग नै भन्नुपर्छ त्यतिबेला सुनौली–पोखरा राजमार्ग निर्माणको काम चल्दै थियो । पाल्पा–स्याङ्जा जोड्ने राम्दीमा पुल निर्माणमा जग बसाल्ने कामका लागि मासिक ९० रुपैयाँमा सुपरभाइजरको रुपमा काम पाउँदा उनमा हर्षको सीमा रहेन । ‘औपचारिक शिक्षा पुनः अगाडि बढाउन बाटो खुल्नेमा ढुक्क थिएँ, यसैले म त्यो बेला धेरै नै खुसी भएँ,’ उनी भन्छन् ।
तर बिडम्बना शंकर १५ महिनासम्म १ रुपैयाँ पनि तलब नबुझी निरन्तर काममा खटिए । अन्त्यमा ठेकेदार नै भाग्यो । आफूले देखेका सबै सपना चकनाचुर हुँदासमेत उनी हतास र निरास भएनन् । घरको आर्थिक अवस्था सामान्य भएको भए शंकर देशमै केही गर्ने साेच्ने थिए । ऋणमा रहेका बुवालाई अझ थप ऋण थुपार्नु राम्रो हुँदैन भन्ने सोचे । उनले विदेश जाने प्रस्ताव बुवासँग राखे । ‘जवान छोरो विवाह गरेर मात्र विदेश गए राम्रो हुने’ भन्ने बुवाको इच्छा रहेको शंकरले पाए । यसपछि उनले मालुङ्गानजिकै गल्याङ निवासी पूर्णभद्र अर्याल र तुलसी अर्यालकी साइली छोरी रन्नता अर्यालसँग १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिए । भर्खरै विवाह गरेका उनी घरको आर्थिक अवस्था सुधार्नुपर्ने बाध्यतास्वरुप गाउँकै कपिलदेव दाजुसँग भारतको इलाहाबाद जान बाध्य भए । देशमै केही गर्ने सपना भएपनि अवसर नपाएपछि आएको बाहिर जानैपर्ने बाध्यतालाई भने आफूले सामान्य रुपमा लिएको उनी बताउँछन् ।
‘म पढेर देशमै केही गर्नुपर्छ भन्ने सोच भएको मानिस हुँ । तर, पढ्नका लागि आर्थिक कारणले उपयुक्त वातावरण भएन । यसपछि आएको विदेशिनु पर्ने बाध्यतालाई मैले सामान्य रुपमा लिएँ,’ उनी भन्छन् ।
शंकरले पहिलोपटक देश छोडेका थिए । त्यसमा पनि भर्खरै विवाह गरेर ल्याएकी श्रीमती र बाबुआमा छोडेर भारतीय भूमिमा पुग्दा उनलाई सबै बिरानो लाग्नु स्वभाविकै थियो । इलाहाबादको एउटा होटलमा चिया खाँदै गर्दा संयोगवश भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका साथी रामानुजका स्वकीय सचिवसँगको भेटले शंकरको जीवनमा नयाँ अध्यायको थालनी भयो । रामानुजको घरमा रहँदा उनले शुरूवाती दिनमा हिन्दी भाषा सिक्ने, फोन उठाउने र कल डिटेल लिने काम गरे । खाना बनाउनका लागि उनलाई एक महिनाको तालिम दिएर मुम्बई लगियो । यही बेला उनले घरमा बुवालाई लागेको ४ हजार ५०० ऋण सम्झिए । त्यही तिर्न कडा संघर्ष गर्न पनि तयार भए ।
मुम्बईमा डेढ वर्ष फोन उठाउने र कल डिटेल लिने काम गर्दागर्दै शंकरले धेरै कुरा जानिसकेका थिए । उनलाई इमान्दार र लगनशील देखेर एउटा कम्पनीले मासिक १५० तलब दिइ नेतृत्व गर्ने अवसर दिलायाे । ‘पैसा कमाएर बाबाको ऋण तिर्ने संकल्प पूरा गर्नैपर्ने थियो । निरन्तर कामले मलाई धेरै कुरा सिकायो, अनि कम्पनीले पनि अवसर दियो,’ उनी सम्झिन्छन् ।
शंकर भारत छिरेको ५ वर्ष भइसकेको थियो । त्यतिबेलासम्ममा उनले ५ हजार नगद जम्मा गरिसकेका थिए । विवाहलगत्तै छाडेकी श्रीमती र बुवाआमालाई भेट्ने तीव्र इच्छा लिएर उनी घर फर्किए । अनि ऋण तिर्ने पैसा बुवाको हातमा थमाइदिए । यतिबेला उनले आफ्नो कर्तव्य पूरा भएको सम्झिए । ‘आफैँले मेहनत र परिश्रम गरेर कमाएको पैसा बाबाको हातमा राखिदिँदा म साच्चै यति खुसी भएँ, सीमा नै थिएन ।’ एक महिनाको घर बसाइपछि फेरि भारत फर्किएका शंकरले विभिन्न काममा लागेर अनुभव बटुल्दै गए । उनको जीवनमा जुकासो शिल्क मिल्स कम्पनीले आमूल परिवर्तन ल्याइदियो । उनको कामप्रतिको निष्ठा देखेर कम्पनीका मालिकले तबल बढाउने मात्र होइन बढुवा पनि गर्दै कम्पनी सम्हाल्ने जिम्मेवारीसमेत दिए । उद्योगको नेतृत्व सम्हालेपछि शंकरले मुम्बईकै एक रात्रिकालीन विद्यालयमा पढ्न थाले । त्यही विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि पनि निरन्तर काममा लागेर आइकमको पढाइ अघि बढाउने कोसिस गरे । कामको चापले पढाइलाई अघि बढाउन सकेनन् । यसका बीच विभिन्न संघ–संस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्न सफल भए उनी ।
अर्काको काम गरेर अरुलाई मुनाफा गराइदिने र काम गर्न नसक्दाको अवस्थामा आफ्नो साथमा कोही पनि नहुने शंकरले महसुस गरे । यसपछि आफ्नो अनुभव आफ्नै लगानीमा खर्चिने सोच बनाए । झण्डै ३० लाखको लगानी गरी पहिलो पटक मिनिरल्स वाटर उद्योग, त्यसपछि हस्पिटालिटी, फूड इन्डस्ट्रिजलगायत उद्योग सञ्चालन गरी भारतमा रहेका सयौं नेपालीलाई रोजगार दिन सफल भए ।
जब व्यापार व्यवसायले आम्दामी दिँदै गयो । त्यसपछि उनले पत्नीलाई पनि आफैँसँग लगेर राखे । मुम्बईमै उनका तीन छोराको जन्म भयो । छोराहरू त्यहीँको वातावरणसँगै हुर्किए । त्यहीँ पढे । जेठा छोरा टेकनाथ सफ्टवेयर इन्जिनियर भए, माइला छोरा कृष्णले रुसबाट एमबीबीएस गरे । यस्तै कान्छा छोरा चर्तुभुजले व्यवस्थापन (म्यानेजमेन्ट)मा स्नातकोत्तर गरेका छन् ।
छोराहरूको पढाइ सकिएपछि आफ्नै मातृभूमिमा गएर केही गर्न सकिने सोचाइ शंकरको मनमा आयो । ‘छोराहरू हुर्के, बढे, पढे । आखिर जति काम गरेपनि भूमि त आफ्नो होइन । आफ्नो जन्मभूमिमा स्वतन्त्र रुपमा केही गर्न सकिन्छ भनेर देश फर्कने चाहना आयो,’ उनी भन्छन् ।
भारतमा रहँदा शंकरले आफ्नो मात्र होइन धेरै नेपाली मजदुरको जीवन बदलिएका छन् । त्यहाँको सरकारलाई योगदान पुर्याएका छन् । यसले मात्र उनको चित्त बुझेन । टाटा कम्पनी र एयर टेल मोबाइल कम्पनीमा जीएम स्तरको काम गरेका छोरालाई जागिर छोडाएर उनी परिवारसहित नेपाल आए ।
‘सके रोजगार दिउँला, नसके आफैँ रोजगार गराैँला’ भन्ने उद्देश्यले आफ्नै मातृभूमिका फर्किएको शंकरको भनाइ छ । मुम्बईमा भएका आफ्ना केही उद्योग व्यवसाय अरुलाई जिम्मा लगाएर सपरिवार सहित नेपाल फर्किएका शंकर ढल्कदो उमेरमा खाली विश्राम दिल मात्रै स्वदेश नफर्किको दाबी गर्छन् । स्वदेश फर्किएर पनि उनले समय खेर फालेका छैनन् । उनी विभिन्न काममा आबद्ध भइरहेका छन् । उनले तिलोत्तमाको ड्राइभरटोलमा करोडौं लगानीमा थ्रीस्टार स्तरको शंकर टावर स्थापना गरी एसआर होटल एन्ड इभेन्ट प्रालि सञ्चालनमा ल्याएका छन् । छोराहरू पनि आ–आफ्नै काममा व्यस्त छन् । जेठा टेकनाथ र कान्छा चतुर्भुज होटल तथा ट्रेडिङमा सँगै जोडिएका छन् ।
माइला छोरा डा कृष्ण त्रिवि शिक्षक अस्पतालमा रहेको मनमोहन कार्डियो थेरासिक मुटुरोग विशेषज्ञको रुपमा काम गरेका छन् । डा कृष्ण अहिले पोखराको गण्डकी अस्पतालमा एसोसियट प्रोफेसर रुपमा कार्यरत छन । अब भने आफ्नो बाल्यकालका सबै सपनाले क्रमिक रुपमा मूर्त रुप लिँदै गएको शंकर बताउँछन् ।
‘बाल्यकालमा मैले जे सपना देखेको थिएँ, त्यो अब बिस्तारै पूरा हुँदैछ । जब म मुम्बईबाट यहाँ आए । आइसकेपछि बुटवलमा प्रतिष्ठित व्यक्तिसँग सम्पर्क गराइदिने र रोटरी क्लब अफ सेन्ट्रल बुटवलसँग जोडिदिने सबैलाई विशेष आभार व्यक्त गर्न चाहन्छु,’ उनी आफ्ना सहयोगीप्रति नतमस्तक छ ।
विदेश जाने मोहले तानेका अहिलेका युवा पुस्ताका लागि शंकर एउटा खुला पुस्तकजस्तै छन् । विदेशबाट फर्केर अहिले पनि अरुलाई समेत रोजगारीका अवसर दिन सफल उनी विदेशमा गर्ने मेहनत र दुःख आफ्नै देशमा गर्न सकेका सबैको भलाइ हुने कुरामा ढुक्क छन् । आफू बाँचुन्जेल स्वदेशमै केही गर्ने प्रण गरेका छन् शंकरले । विदेशको भूमिमा जतिसुकै धनसम्पति कमाएपनि पूर्ण सन्तुष्टि नमिलेको उनी बताउँछन् । बरु अहिले स्वदेशमै आनन्द मिलेको उनको भनाइ छ ।
‘विदेशी भूमिमा लामो समय बसियो, कमाइयो पनि । तर, सबैभन्दा ठूलो आत्मसन्तुष्टि रहेछ । आफ्नो माटो टेक्न पाउँदा, यहीँ केही गरेर रमाउँदा, सबै परिवार एकैठाउँमा बसेर सुख दुःख बाड्न पाउँदा योभन्दा खुसीको क्षण के हुन्छ ?’ शंकर प्रश्न गर्छन् । आज कयाैँ मानिस विदेशमै धनसम्पत्ति कमाएर त्यहीँको स्थायी बासिन्दा भएर आफ्नो मातृभूमिलाई चटक्कै बिर्सिएका छन् । यसप्रति भने शंकरको दुःखेसो छ । ‘जसले जन्मदिने आमा र जन्मेको धर्तीलाई भुल्छ, त्यो जन्मेकै केही अर्थ रहँदैन,’ उनी कुरा टुंग्याउँछन् ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...