२८ जेठ २०८३, बिहीबार

वसन्तमय तिलोत्तमा [तस्वीरहरू]

बैशाख २९, २०८१
काठमाडौं
वसन्तमय तिलोत्तमा [तस्वीरहरू]

देशकै उत्कृष्ट नगरपालिकामा छनोट भएको रुपन्देहीको ​तिलोत्तमा नगरपालिका नेपालकै एक नमूना नगरपालिका हो । 

तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक नेपालकै नमूना सडकका रुपमा परिचित छ। हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडक थप आकर्षक बनेको छ ।

सडकको दायाँबायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको मनै लोभ्याउने बेगनबेली फूलको सौन्दर्य ।

बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुवैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ । मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्मे फुलेको छ ।​

सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका विरुवाहरू लगाइएको छ ।​​

तस्वीर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्