२८ असार २०८३, आइतबार

एमबाप्पेको बिदाइ खेलमा पीएसजी पराजित

बैशाख ३१, २०८१
काठमाडौं
एमबाप्पेको बिदाइ खेलमा पीएसजी पराजित

केलियन एमबाप्पेको बिदाइ खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा टुलुजसँग पराजित भएको छ । पार्क डेस प्रिन्सेसमा आइतबार राति सम्पन्न खेलमा लिग वान च्याम्पियन पीएसजी पाहुना टोलीसँग ३-१ गोल अन्तरले पराजित भएको हो । खेलको आठौँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरूआती अग्रता दिलाएका थिए । 

तर, १३औँ मिनेटमा थिज डालिङ्गाले गोल गर्दै खेल बराबरीमा ल्याए । ६८औँ मिनेटमा यान गबोहो र दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा फ्रान्क मगरीले गोल गर्दै टुजुललाई ३-१ को पुनरागमन जीत दिलाए ।

जितपछि पिएसजीले ३२ खेलबाट ७० अंक जोडेको छ । मोनाको ३३ खेलबाट ६४ अंकसहित दोस्रो स्थानमा छ । विजयी टोउलोउसे ४३ अंकसहित दशौं स्थानमा उक्लिएको छ । एम्बाप्पेले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्