![नीति कार्यक्रम– ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’देखि मदिरा ब्रान्डिङसम्म [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Niti_tatha_Karyakram_QEqtTvB15Y.png)
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गरेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
त्यसक्रममा उनले यस वर्षदेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ शुरू गरिने घोषणा गरे ।
‘महिलालाई आर्थिकरूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालनमा ल्याइने छ,’ राष्ट्रपति पौडेलले भने ।
उनले गुणस्तर सुनिश्चित हुने गरी सरकारले घरेलु मदिरा ब्रान्डिङ गर्ने र विश्व बजारमा निर्यात गर्ने नीति लिएको घोषणा पनि गरे ।
सरकारी कर्मचारीको सेवा सुविधा समयानुकूल बनाउने, औद्योगिक ग्राम निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकर्षित गर्ने, प्रहरीको बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने र 'रिटायर्ड'को अवधि पुनरवलोकन गरिने तथा स्टार्टअप व्यवसायको लागि १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ ।
हेर्नुहोस्, पूर्णपाठ :