०४ साउन २०८३, सोमबार

कोशीका केही ठाउँमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?

जेठ २, २०८१
काठमाडौं
कोशीका केही ठाउँमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरीसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्