२१ जेठ २०८३, बिहीबार

संयोजक पक्राउ परेपछि अखिल क्रान्तिकारीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

जेठ २, २०८१
काठमाडौं
संयोजक पक्राउ परेपछि अखिल क्रान्तिकारीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

मोहन वैद्य (किरण) नेतृत्वको  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो । 

उनलाई पक्राउगरी प्रहरी वृत्त बालाजुमा राखिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार राईलाई मंगलबार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । 

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले गैरन्यायिक धरपकड गरेको भन्दै अखिल क्रान्तिकारीले सोमबार राति नै बालाजु वृत्तअगाडि केही समय नारा जुलुससहित कोणसभा पनि गरेका थियो । 

कोण सभालाई सम्बोधन गर्दै फ्याक्सन इन्चार्ज सीपी गजुरेलले राज्यले विद्यार्थी नेतालाई बिनाकारण गिरफ्तार गरेर पंचायतकालीन झल्को दिएको र उनलाई तत्काल रिहा नगरे कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

यसैबीच संयोजक राई गिरफ्तारीविरुद्ध अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालसहितका कार्यक्रम घोषणा गरेको हो । 

घोषित कार्यक्रमअन्तर्गत आज कोण सभा गर्ने, बिहीबार गृहमन्त्रीको पुत्ला दहन गर्ने, शनिबार मशाल जुलुस गर्ने र आइतबार आम शैक्षिक हड्ताल गर्ने कार्यक्रम छ ।

null

salt training

कमेन्ट गर्नुहोस्