
नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को बालाजुस्थित सडकमा पोल तथा सडकबत्ती जडान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सडकलाई थप सुरक्षित बनाउन र सो क्षेत्रको सौन्दर्यीकरणका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ ।
सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ ।
व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।
स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन् । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौं । यस पहलले निः सन्देह यस क्षेत्रको सौन्दर्य र सुरक्षा बढाउनेछ', उनले भने, हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ। हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौं ।’
वडा नम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे ।
नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आइएसओ ९००१ः २०१५ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रुचाइने खुकुरी रम उत्पादन गर्दछ ।
यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ ।
खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबई लगायतका विदेशमा निर्यात गरिन्छ ।