०७ असार २०८३, आइतबार

मानव बेचबिखन मुद्दामा पक्राउ परेका आरोपीको २ वटा नागरिकता

जेठ २, २०८१
काठमाडौं
मानव बेचबिखन मुद्दामा पक्राउ परेका आरोपीको २ वटा नागरिकता

मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका आरोपको दुई वटा नागरिकता भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भिजिट भिसामा महिलाहरूलाई कुवेत पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका दैलेखका राकेश नेपालीले फरक-फरक ठेगाना राखेर नागरिक लिएको भेटिएको हो ।

उनले गोपाल सुनार र राकेश सुनारको नाममा नागरिकता लिएका थिए ।

प्रहरीले गोपालसँगै गोर्खा पालुङटारका आयुश भन्ने आकाश बाबु विकलाई पक्राउ गरेको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार गोपाल र आयुश मिलेर नेपाली महिलाहरूलाई कुवेतमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनेर उता पुर्‍याएपछि घरेलु कामदारको रुपमा काम गर्न लगाएर शारीरिक एवं मानसिक यातना दिने गरेको पीडितले बताएका छन् ।

पीडित महिलाहरूले काम गर्न नसक्ने भनेपछि स्वदेश फर्कन कुवतेका एजेन्टले एकदेखि डेढ लाख रुपैयाँ पठाउन धम्की दिँदै आएका थिए ।

पीडितमध्येकी एक महिलाका दाजुले अनुसन्धान कार्यालयमा आफ्नी बहिनीको उद्धारका लागि निवेदन दिएपछि प्रहरीले कुवेतस्थित नेपाली राजदूतावासमा समन्वय गरेर वैशाख २७ गते नेपाल फर्काउन सफल भएको थियो ।

एसपी रेग्मीका अनुसार गोपाल र आयुशले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोलेर एजेन्ट राखी काम गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्