०९ असार २०८३, मंगलबार

पर्सामा १० महिनामा ४३ करोडभन्दा बढी मूल्यका सामान बरामद

जेठ २, २०८१
काठमाडौं
पर्सामा १० महिनामा ४३ करोडभन्दा बढी मूल्यका सामान बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले चालू आर्थिक वर्षको १० महिनामा रु ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरको राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।

जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी रु छ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनले त्यसरी नियन्त्रण गरिएका सामानलाई कानूनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उनले बताए ।

यस्तै, गत चैत महिनामा रु पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९, साउन महिनामा रु पाँच करोड ४३ लाख,  भदौ महिनामा चार करोड ५४ लाख, असोज महिनामा पाँच करोड ७१ लाख र कात्तिक महिनामा दुई करोड ३२ लाख मूल्य पर्ने सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी गत मङ्सिर महिनामा रु तीन करोड रु ८३ लाख, पुस महिनामा रु तीन करोड तीन लाख, माघ महिनामा तीन करोड ४३ लाख र फागुन महिनामा रु तीन करोड ३१ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य बराबरको सामान बरामद गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्