३१ असार २०८३, बुधबार

बीवाईडी ई-६ को सातवर्षे यात्रा : नेपाली बाटोमा निरन्तर सरर, यस्तो छ शुरूवाती प्रयोगकर्ताको धारणा​​​

जेठ २, २०८१
काठमाडौं
बीवाईडी ई-६ को सातवर्षे यात्रा : नेपाली बाटोमा निरन्तर सरर, यस्तो छ शुरूवाती प्रयोगकर्ताको धारणा​​​

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो ।

विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअघि धेरै चासो व्यक्त गरिएका थिए । साइमेक्सले नेपालमा चुनौतीपूर्ण यात्रा शुरू गर्नुअघि नेपाली बजारको जोखिम अध्ययन गरेको थियो ।

खाल्डाखुल्डी बाटो, धेरै उकालो-ओरालो, अनि विद्युतीय सवारीको मूल्य, नेपालीको क्रयशक्ति, चार्जिङ स्टेसनको कमीजस्ता धेरै विषयहरू त्यतिबेला चुनौतीका कारक थिए ।

नेपालमा ई-६ भित्रिएको ७ वर्षमा ती धेरै चुनौतीहरू अवसरमा परिणत भएका छन् । नेपालमा बीवाईडीले शुरू गरेको क्रान्तिकारी र आक्रामक व्यवसाय अहिले सफलताको गन्तव्यतिर दौडिरहेको छ ।

बीवाईडी ई-६ का सबैभन्दा पहिलो ग्राहकमध्ये एक एनएमबी बैंकका अध्यक्ष मनोज गोयल भन्छन्, 'मैले ७ वर्षदेखि निरन्तर ई-६ चढिरहेको छु । मेरो अनुभवमा यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट गाडी हो ।'

उनले गाडीको पर्फर्मेन्समा यो ७ वर्षमा कुनै कमजोरी नआएको दाबी गरे । 'सात वर्षसम्म यो गाडीमा कुनै इस्यु आएन । यो गाडी चढ्दा मैले सुरक्षित र आरामदायी महसुस गरिरहेको छु ।' ब्याट्रीमा पनि एकरत्ती समस्या नभएको उनको दाबी छ ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशकसमेत रहेका थापाथलीस्थित एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिके पनि बीवाईडी ई-६ का शुरूवाती ग्राहक हुन् ।

उनको अनुभवमा पनि पछिल्लो ७ वर्षसम्म ई-६ मा कुनै समस्या आएको छैन ।

'यो एकदम राम्रो छ, यसको नोइज पोलुसन छैन,' उनले भने, 'बाहिरबाट डिजेल पेट्रोल आयात गर्नुभन्दा यो विद्युतीय गाडी धेरै किफायती छ ।'

आउँदो दिनमा बीवाईडीले अझ उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् । 
बीवाईडीका अर्का शुरूवाती ग्राहक बीबी एयरवेजका अध्यक्ष भवन भट्टले पनि ई-६ मोडेल नेपाली बजारमा एकदमै प्रभावकारी रहेको टिप्पणी गरेका छन् ।

उनले भने, 'म बीवाईडीको फर्स्ट युजर हुँ । पेट्रोल पम्पमा मान्छे लाइन लागेको देख्दा मैले बीवाईडी गाडीभित्र साँच्चिकै आफू विजेता भएको अनुभव गर्थें ।' 

उनले गाडीभित्र कुनै आवाज नआउने दाबी गरे । 'यसको इन्टेरियर एकदम लक्जरी छ,' उनले भने, 'एकदम आरामदायी पनि छ ।' 

उनले ठाउँ-ठाउँमा चार्जिंग स्टेसन रहेकाले अहिले गाडी चार्ज गर्न कुनै समस्या नरहेको बताए । 

'सरकारले रणनीतिक रूपमै इभीलाई प्रोमोट गर्नुपर्छ,' उनले भने । 

बीवाईडी नेपाल भित्रिएको एक वर्षपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कारगेटमा पनि पर्न सफल भएको थियो । 

सन् २०१७ मार्च ३० मा स्थापना भएको साइमेक्स इंकले त्यतिबेलै ई-६ मोडेल ल्याएको थियो । फुल चार्जमा यसले ४ सय किलोमिटर रेन्ज दिन्छ । 

हाल कम्पनीले हाल बीवाईडीका ई६, नयाँ जेनेरेशन ई६, एटटो३, एम३, डल्फिन, सील,  टी३ कार्गो भ्यान बिक्री गर्दै आएको छ । 

कार्गो भ्यान डिएचएल जस्ता अन्तर्राष्ट्रिय कुरियर सर्भिस प्रोभाइडरदेखि नेपालका उद्यमी ब्यवसायीको छनोटमा पर्न सफल भएको छ । साथै, एम३ भ्यान विभिन्न पर्यटन उद्योग, एम्बुलेन्सको रुपमा हस्पिटलले प्रयोग गर्न थालेका छन् ।

एक विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘हामीले विगतमा बिक्री गरेका विद्युतीय गाडी किन्ने ग्राहक निकै सन्तुष्ट रहेका छन् । विश्व नै वैकल्पिक उर्जाबाट चल्ने सवारीसाधनको खोजीमा रहेको अहिलेको समयमा हामी पनि नयाँ नयाँ विद्युतीय गाडी नेपाल ल्याएर ग्राहकलाई उत्कृष्ट सेवा दिन प्रतिबद्ध रहेका छौं ।’

बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानितसमेत भएको छ ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार हात पार्न सफल भएको कम्पनीले जनाएको छ । 

‘हामी बीवाईडीबाट सम्मानित भएका छौ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौं,' साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरूको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवर्द्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरूमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौं ।’

salt training

कमेन्ट गर्नुहोस्