
बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले समर्थकलाई अभिवादन गरेका छन् ।
बुधबार हरिहर भवनस्थित उच्च अदालत परिसरमा गाडीमा चढेपछि उनले समर्थकलाई हात हल्लाएका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले बुधबार उनलाई सफाइ दिएका हुन् ।
सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो पनि बाटो खुलेको छ ।
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको हो ।