![सन्दीपले सफाइ पाएसँगै उनका समर्थकहरूले साटे खुसी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/sandeep_supporter_9_TLsfmucDSM.jpg)
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै उनका समर्थकहरूले खुसी साटेका छन् ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै बुधवार सफाइ दिएपछि उनका समर्थकले खुसी साटेका हुन् ।
पञ्चेबाजासहित पुगेका समर्थकहरूले न्याय मरेको छैन, सन्दीप हाइहाइ, जीत कस्को सन्दीपको नारा लगाएका थिए ।












