३१ असार २०८३, बुधबार

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेका ७ भन्दा बढीको उद्धार

जेठ २, २०८१
काठमाडौं
भारतको तामाखानीमा लिफ्ट खस्दा फसेका ७ भन्दा बढीको उद्धार

राजस्थान–भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात जनालाई निम का थाना जिल्लामा उद्धार गरिएको बुधबार एक अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार बुधबार बिहान तीन जनालाई उद्धार गरिएको थियो भने हालसम्म उद्धार गरिएमा व्यक्तिको सङ्ख्या १० पुगेको छ । यसैगरी खानीमा फसेका बाँकीलाई निकाल्ने प्रयास भइरहेको छ ।

‘घटनास्थलबाट १० जनाको उद्धार गरिएको छ, पहिलो स्लटमा तीन जनालाई खानीबाट बाहिर निकालिएको छ, पाँच जनाको उद्धार गरिएको छ, दोस्रो र तेस्रो स्लटमा थप दुई जनालाई बाहिर निकालिएको छ,’ निम का थानाका प्रहरी उपरीक्षक प्रवीण नायकले भने ।

झुनझुनु सरकारी अस्पतालका डा प्रवीण शर्माले सबै मानिस सुरक्षित रहेको जानकारी दिए । उनका अनुसार तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई जयपुर पठाइएको छ । केही घाइतेको हात र केहीको खुट्टा भाँच्चिएको छ । 
    
कोलिहान खानीमा लिफ्ट खसेपछि कम्तीमा १४ जना खानीभित्र फसेका छन् । घटना मङ्गलबार राति निम का थाना जिल्लामा हिन्दूस्तान कपर लिमिटेड (एचसीएल)को तामाखानीमा भएको हो । 

लिफ्टमा कोलकाताको सतर्कता टोली र खानीका अधिकारीहरू पनि  थिए । लिफ्ट खानीभित्र एक हजार ८०० फिटभन्दा तल खसेको अनुमान गरिएको छ । लिफ्टलाई समर्थन गर्ने डोरी चुँडिएका कारण यो घटना भएको हो ।

फसेका अधिकारीहरूमा मुख्य सतर्कता अधिकारी उपेन्द्र पाण्डे, खेत्री कपर कम्प्लेक्स (केसीसी) एकाइ प्रमुख जीडी गुप्ता र खानीका उप महाप्रबन्धक एक शर्मा थिए ।

salt training

कमेन्ट गर्नुहोस्