
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका उनलाई उपचारार्थ अस्पताल लगिएको बीबीसीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार उनको पेट पाखुरा र खुट्टामा गोली लागेको छ । सरकारी बैठकबाट बाहिरिने क्रममा उनीमाथि ह्यान्डलोभा सहरमामा गोली प्रहार भएको हो ।
प्रहरीले गोली चलाएको आरोप एक जनालाई नियन्त्रणमा लिएको छ ।