३२ असार २०८३, बिहीबार

मन्त्रिपरिषद्को निर्णयः पौड्याल र मिश्र सचिवमा बढुवा

जेठ ३, २०८१
काठमाडौं
मन्त्रिपरिषद्को निर्णयः पौड्याल र मिश्र सचिवमा बढुवा

सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा हो । 

त्यस्तै, मन्त्रिपरिषद्ले कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा गरेको जानकारी सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले दिइन् ।

बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ । यसैगरी बैठकले नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्राध्यापक डा लेखनाथ शर्मालाई नियुक्त गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्