१९ असार २०८३, शुक्रबार
गिजोलियो संसदीय छानबिन समिति गठनको प्रक्रिया

सरकारसँग कांग्रेस सशंकित, संसद् अवरुद्ध गर्ने तयारी

जेठ ३, २०८१
काठमाडौं
सरकारसँग कांग्रेस सशंकित, संसद् अवरुद्ध गर्ने तयारी

सरकार सहकारी प्रकरणमा छानबिन समिति गठन तयार नभएको भन्दै कांग्रेसले फेरि पनि संसद् अवरुद्ध गर्ने भएको छ । 

प्रधानमन्त्रीले सहकारीबारे छानबिन गर्न समिति गठन गर्न सकिने आश्वासन कांगेसलाई दिएपछि उसले सकारात्मक हुँदै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनेसमेत बताएको थियो । 

सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै कांग्रेसले दाबी गरे अनुसार रविको नाम उल्लेख पनि नगर्ने र टालटुले समिति गठन गर्न खोजेपछि संसद् अवरुद्धको सिलसिला जारी रहने सांसद रामहरि खतिवडाले जानकारी दिए । 

‘संसदीय समिति गठन गर्छु भनेर प्रधानमन्त्रीले भनेपछि हामीले पनि सदन खुलाउने र गृहमन्त्रीलाई बोल्न दिन्छौं भनेर सकारात्मक जवाफ दियौं,’ खतिवडाले भने, ‘गृहमन्त्रीको यी यी सहकारीमा स्वार्थ बाझिएको छ, गोर्खा मिडियामा यसरी पैसा आएको छ, यीबारे पनि बोल्नुपर्छ र छानबिन हुनुपर्छ भन्ने हाम्रो मागका विषयमा सत्ता पक्षले गोलमटोल जवाफ दिएपछि परिस्थिति फेरि बिग्रियो ।

दलहरूबीच सहमतिको प्रयत्न भएको भन्दै बिहीबार ११ बजेलाई तय भएको संसद् बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्