२८ जेठ २०८३, बिहीबार

विनवार्ड्ससँगको दोस्रो खेलमा पनि नेपाल विजयी

जेठ ४, २०८१
काठमाडौं
विनवार्ड्ससँगको दोस्रो खेलमा पनि नेपाल विजयी

विनवार्ड्स भोलक्यानोजसँगको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी भएको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रन बनाउँदै अल आउट भयो । 

नेपालको जितमा कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए भने गुल्शन झाले पनि ३ ओभरमा १८ रन दिँदै ३ विकेट नै लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि अनिल साहले २७ बलमा ५० रन बनाएका थिए । यस्तै कप्तान रोहित पौडेलले ३३ बलमा ४१ रन जोडे । 

कुशलले ३८ रन जोडे। दीपेन्द्र सिंह ऐरीले २६ रन बनाए । नेपालले यही प्रतिद्वन्दीविरुद्ध पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १८ मेमा यही प्रतिद्वन्दीविरुद्ध अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्