३१ असार २०८३, बुधबार

संसद्अघि कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक

जेठ ४, २०८१
काठमाडौं
संसद्अघि कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक

नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आज (शुक्रबार) बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो । 

कांग्रेसको अवरोधबीच सभामुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधिसभा बैठकमा मुठभेडको स्थिति आएको थियो । यसैले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । तर, कांग्रेसले त्यसअघि नै पार्टीको बैठक बोलाएको छ । 

कांग्रेसले एक महिनाको बीचमा चारपटक संसदीय दलबाट औपचारिक निर्णय गर्दै सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । 

पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले आफूहरू पैसा कसले चोरी गर्‍यो भन्नेको छानबिन गर्न माग गर्दै आए पनि सरकारले संसारभर कसरी चोरी हुन्छ भन्नेतिर लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्