२९ जेठ २०८३, शुक्रबार

कपनबाट पेस्तोलसहित १ जना पक्राउ

जेठ ४, २०८१
काठमाडौं
कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन पैयुटारस्थित डेरा गरी बस्ने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनार रहेका छन् ।

अवैध हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १ थान कटुवा पेस्तोल १ र १ थान मोबाइल बरामद गरेको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्