३० असार २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिको टीओआरमा सहमति नभएपछि प्रतिनिधिसभा अनिश्चित

जेठ ६, २०८१
काठमाडौं
संसदीय छानबिन समितिको टीओआरमा सहमति नभएपछि प्रतिनिधिसभा अनिश्चित

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ । 

नेपाली कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुट्दासम्म बैठक नचलाउन आग्रह गरेका छन् । विपक्षीको आग्रहपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको हाे । 

विपक्षी दलको आग्रहमा बैठक बस्न ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

संसदीय समितिको टीओआरमा सहमति खोज्न कानून मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ । कानूनमन्त्री पदम गिरीको कार्यकक्षमा जारी बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् । 

संसदीय छानबिन समितिको टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने–नराख्ने विषयमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी हुन कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सिंहदरबार पुगेका छन् । 

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने मागसहित कांग्रेसले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्