सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसङ्घले प्रदर्शन गरेको छ ।
दलहरूबीच समिति गठनलाई लिएर विवाद भइरहेको बेला नेविसङ्घले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
संसदीय समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम राख्ने नराख्ने भन्ने सहमति जुट्न नसक्दा संसदको बैठक बस्न सकेको छैन ।
समिति गठनमा सहमति जुट्न नसकेको बेला नेविसङ्घले प्रदर्शन गरेको हो ।
यसअघि तरुण दल र महिला संघले समेत प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
उनीहरुले सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता रहेको दावीसहितका प्लेकार्ड र पोस्टर बोकेका थिए ।
हेर्नुहोस् तस्वीरहरू