
संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने या नराख्ने भन्ने सहमति जुट्न नसक्दा संसद् बैठक फेरि सूचना टाँसेर सारिएको छ ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएकोमा सो बैठक पनि सूचनामार्फत साढे ४ बजेका लागि सारिएको हो ।
सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन बनाउन सैद्धान्तिक सहमति गरे पनि दलहरूबीच समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन ।
कांग्रेसले कार्यादेशमा रविको नाम उल्लेख हुनुपर्ने अडान राखिरहेको छ ।
सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ ।