२१ जेठ २०८३, बिहीबार
दुर्घटनास्थल भेटियो

इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनाः सरकारी टीभीले भन्यो– कोही बाँचेको संकेत छैन

जेठ ७, २०८१
काठमाडौं
इरानका राष्ट्रपतिको हेलिकप्टर दुर्घटनाः सरकारी टीभीले भन्यो– कोही बाँचेको संकेत छैन

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवार कोही पनि जीवितै रहेको कुनै संकेत देखिएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन् ।

इरानको सरकारी मिडियाका अनुसार राहत तथा उद्धार टोली केही समयभित्रै दुर्घटनास्थलमा पुग्नेछ ।

इरानी सञ्चारमाध्यमले बाहिर आएको जानकारी अनुसार अवस्था राम्रो नभएको दाबी गरेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल हार्ड ल्यान्डिङको अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

हेलिकप्टरमा इरानका गृहमन्त्री अहमद वाहिदी, राष्ट्रपति रायसी र विदेशमन्त्री पनि सवार थिए । दुर्घटनापछि खोजी कार्य भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्