
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि रु एक अर्ब ४७ लाख ४७ हजार ६०० लाग्ने जनाइएको छ । दश हजार दर्शक अट्ने क्षमताको उक्त रङ्गशालामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालामा फुटबल, भलिबल, बास्केटबल, स्विमिङ पुल, दौड लगायतका दजनौं खेलहरूका लागि यहाँ संरचना बनिरहेको छ । तस्वीर : सुरेश आचार्य/रासस