२५ जेठ २०८३, सोमबार

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

जेठ १२, २०८१
काठमाडौं
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई स्वागत तथा सम्मान गरिएको छ ।

शुक्रबार दिउँसो सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई एपीएफको प्रधान कार्यालय हलचोकमा सम्मान गरेका हुन् ।

एपीइफको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै पौडेलले जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए।

null

आरोहणपश्चात उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाइएको थियो । 

पौडेलको सम्मानमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पर्वतारोहणमा पठाइएको बताए । ‘यो सगरमाथा आरोहण मात्र होइन सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनको लागि सीमा अनुगमन पनि हो’, उनले भने ।

उनले सपना जस्तै सोचिएको मिसन सफल भएको र संगठनले गर्व गर्ने अवस्था प्राप्त भएको बताए । आरोहण सफलताका लागि विशेष योगदान पुर्‍याउने मिङ्गमा डेविड शेर्पालाई मायाको चिनोसमेत प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्