१६ असार २०८३, मंगलबार
यातायात मन्त्रीलाई बालेनको चेतावनी

'रिङरोड विस्तारको काम तत्काल अगाडि नबढाए दैनिक १ ट्रक धुलो उपहार पठाउँछु'

जेठ १२, २०८१
काठमाडौं
'रिङरोड विस्तारको काम तत्काल अगाडि नबढाए दैनिक १ ट्रक धुलो उपहार पठाउँछु'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने चेतावनी दिएका छन् ।​

रिङरोड विस्तारको नाममा नागरिकले धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै उनले शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री महासेठलाई यस्तो चेतावनी दिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै उनले काठमाडौं महानगरले विनाकारणमा गाली खानु परेको बताएका छन् । 

यस्तै, काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा रिङरोड कै धुलोका कारण हुने गरेको उनको दाबी छ ।

'तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ', उनले लेखेका छन्, 'यो धुलो जनताले मात्र खाँदा राम्रो देखिंदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नुहोला ।'​

यस्तो छ स्टाटस

 

salt training

कमेन्ट गर्नुहोस्