३० जेठ २०८३, शनिबार

तादीखोलामा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

जेठ १२, २०८१
काठमाडौं
तादीखोलामा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
सांकेतिक तस्वीर ।

त्रिशूली–नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । 

बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । तादीखोलामा पौडी खेल्ने गएका ६ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो । 

अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्