०७ साउन २०८३, बिहीबार

बचत फिर्ताको माग गर्दै सडकमा उत्रिएका सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

जेठ १४, २०८१
काठमाडौं
बचत फिर्ताको माग गर्दै सडकमा उत्रिएका सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

​​बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरू आन्दोलित हुँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीका पीडित बचतकर्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्दा प्रहरीसँग घम्साघम्सी परेको हो ।

पीडितहरू बचत फिर्ता पाउनुपर्ने मागसहित कालीमाटीबाट जुलुससहित बानेश्वर पुगेका हुन् । 

पीडितहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि बानेश्वरमा केहीबेर प्रहरीसँग घम्साघम्सी परेको थियो । 

सहकारी पीडितले बचतकर्ताको मागलाई बेवास्ता गरिएको भन्दै सरकारविरुद्ध कडा नाराबाजी गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूर्यदर्शन सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको दाबी गर्दै उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्