जुम्ला, १ कार्तिक– जिल्ला बार इकाई जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको गएराति मृत्यु भएको छ ।
हृदयघातका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ ।
राती १२ बजे एक्कासि ढलेका ४४ वर्षीय कठायतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
लामो समयदेखि अधिवक्ता पेशा संलग्न रहनुभएका कठायत उच्च रक्तचापका बिरामी थिए । उनको आजै दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।