०८ साउन २०८३, शुक्रबार

विपक्षसहितका ४ दलको बैठक देउवा निवासमा

जेठ १६, २०८१
काठमाडौं
विपक्षसहितका ४ दलको बैठक देउवा निवासमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी तीन दल र सत्तापक्षको एक दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

मधेश सरकार, समसामयिक राजनीतिक विषयसहितका छलफलका लागि देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका हुन् ।

‘महन्थ ठाकुर, उपेन्द्र यादव र माधव नेपाल कांग्रेस सभापतिको निवासमा छलफलमा हुनुहुन्छ,’ छलफलमा सहभागी भएको एक नेताको सचिवालयले भन्यो, ‘छलफलको मुख्य विषय मधेशको सत्ता समीकरण हो । तर केन्द्रमा विपक्षीका रणनीति, समसामयिक राजनीतिसहितका विषयमा छलफल गर्न बोलाएका बुझेका छौं ।’ छलफलमा सहभागी भएका माधव नेपाल सत्तापक्षका नेता हुन् । मधेश प्रदेशको सरकारमा नेपालको पार्टी पनि निर्णायक मध्येको एक हो ।

पछिल्लो समय कांग्रेसले विपक्षी र सत्तामा असन्तुष्ट रहेका दलका नेतासँग छलफल गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्