२७ जेठ २०८३, बुधबार

युरोपा कन्फ्रेन्स लिगको उपाधि ओलम्पियाकोजलाई

जेठ १७, २०८१
काठमाडौं
युरोपा कन्फ्रेन्स लिगको उपाधि ओलम्पियाकोजलाई

युरोपा कन्फ्रेन्स लिगको उपाधि ग्रिस क्लब ओलम्पियाकोसले जितेको छ । ग्रिसको ओपीएपी एरेनामा बुधबार राति सम्पन्न खेलमा इटालियन क्लब फियोरेन्टिनालाई १-० ले पराजित गर्दै ओलम्पियाकोसले उपाधि जितेको हो । ओलम्पियाकोज युरोपेली फुटबलको उपाधि जित्ने पहिलो ग्रिक क्लब भएको छ ।

ओलम्पियाकोसको जितमा अयुब एल काबीले निर्णयक गोल गरे । उनले खेलको ११६औँ मिनेटमा गोल गरेका थिए। 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा प्रवेश गरेको थियो । त्यसकै ११६ औं मिनेटमा मोरक्कोका स्ट्राइकर अयोब एल काबीले निर्णायक गोल गरेका हुन् ।

यसअघि सन् १९७१ मा ग्रिकको प्याथानाइकोज नै युरोपियन कपको फाइनल पुगेको थियो, तर त्यसमा आयाक्ससँग पराजित भएको थियो । 

सन् २०२१ देखि शुरू भएको युरोपा कन्फ्रेन्स लिग युरोपली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता हो ।

salt training

कमेन्ट गर्नुहोस्