२५ असार २०८३, बिहीबार

फेरि बढ्न थाल्यो काठमाडौं उपत्यकाको तापक्रम, आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

जेठ १७, २०८१
काठमाडौं
फेरि बढ्न थाल्यो काठमाडौं उपत्यकाको तापक्रम, आज ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
फाइल तस्वीर

काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढ्न थालेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । 

आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसबीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । 

हाल मुलुकमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया  बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्