२८ जेठ २०८३, बिहीबार

आर्मी र बागमती प्रदेश सेमिफाइनलमा

जेठ १८, २०८१
काठमाडौं
आर्मी र बागमती प्रदेश सेमिफाइनलमा

कास्की । पोखरामा शुक्रबार सुरु भएको सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगितामा आर्मी र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । 

समूह चरणको खेलमा आर्मी अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको हो भने बागमती समूह उप विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।

समूह बीको खेलमा आर्मीले लुम्बिनीलाई २४–०, गण्डकीलाई ५–० र बागमतीलाई ३६–५ ले हरायो ।
उपविजेता बनेको बागमतीले गण्डकीलाई १२–५ र लुम्बिनीलाई २०–० ले हरायो ।

समूह विजेता आर्मीले ९ अंक जोड्यो । बागमती ६ अंक सहित उपविजेता बन्यो । गण्डकीले लुम्बिनीलाई हराएर तेस्रो बन्यो भने लुम्बिनी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह एबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो शनिबारमात्र लाग्नेछ । समूह एका खेलमा शुक्रबार एपीएफ दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । कोशी र कर्णालीले समान ४ अंक जोडेर सेमिफाइनल प्रवेशको नजिक पुगेका छन् ।

प्रतियोगितामा सात प्रदेश सहित विभागबाट आर्मी र एपीएफ गरि १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उनले रग्बी सेभेन्स प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने र खेलकुदको माध्यमबाट खेल पर्यटन प्रबद्र्धन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा राखेपका बोर्ड सदस्य राजेश गुरुङ, रग्बी संघका सचिव बिजय मोक्तान, गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङ, मुख्य प्रशिक्षक मुर्रे पअल स्टर्ट, पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, सदस्य सचिव सुबास खड्का लगायतको उपस्थिती रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्