
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ ।
जनमत पार्टीलाई मुख्यमन्त्री, एमालेलाई भौतिक पूर्वाधार, माओवादीलाई अर्थ र एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको हो ।
मधेशमा जनमतलाई मुख्यमन्त्री दिन सत्तारुढ सत्ता गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र यसअघि नै सहमत भएका थिए ।
शनिबार एकीकृत समाजवादी पनि सहमत भएपछि भागबण्डा मिलेको हो ।
मुख्यमन्त्रीका लागि आइतबार दाबी पेश गरिने एमाले संसदीय दलका नेता सरोज यादवले लोकान्तरलाई जानकारी दिए ।
मुख्यमन्त्रीमा कसलाई अघि सार्ने भन्नेबारे भने जनमतले टुंगो लगाएको छैन । बैठक बसेर चाँडै टुंगो लगाउने बताइएको छ ।