२४ जेठ २०८३, आइतबार

टी–२० विश्वकपमा आयोजक अमेरिकाको विजयी शुरूवात, क्यानडालाई ७ विकेटले हरायो

जेठ २०, २०८१
काठमाडौं
टी–२० विश्वकपमा आयोजक अमेरिकाको विजयी शुरूवात, क्यानडालाई ७ विकेटले हरायो

आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा आयोजक अमेरिकाले विजयी शुरूवात गरेको छ ।

आइबार बिहान डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरूवात गरेको हो ।

क्यानडाले दिएको १९५ रनको विशाल लक्ष्य अमेरिकाले १४ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।

अमेरिकाको जीतमा २ जनाले अर्धशतक बनाए । आरोन जोन्सले शतकनजिक पुग्दै अविजित ९४ रन जोडे । 

यस्तै एड्रियस गोउसले ६५, कप्तान मोनाक पटेलले १६ र कोनी एन्डरसनले अविजित ३ रन बनाए । यसअघि ओपनर स्टेभेन टेलर भने खाता नखोली आउट भएका थिए ।

क्यानडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले समान १ विकेट लिए ।  

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

null

क्यानडाका लागि २ खेलाडीले अर्धशतक बनाए । नवनीत धलिवालले ६१ तथा निचोलास किर्टोनले ५१ रन जोडे ।

यस्तै श्रेयस मोभ्भाले अविजित ३२ रन जोडेका थिए ।

अमेरिकाका अलि खान, हर्मीत सिंह र कोने एन्डर्सनले १–१ विकेट लिए । 

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ । 

प्रतियोगितामा २० टोली सहभागी छन् । 

आइतबार साँझ सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच अर्को खेल हुनेछ । 

समूह ‘डी’मा रहेको नेपालले भने पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्