२५ जेठ २०८३, सोमबार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

जेठ २०, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो नेपालगन्जमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा नम्बर २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको शाखाका साबिकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा नम्बर १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

शाखा स्थानान्तरणसँगै सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास बैंकले राखेको छ ।

स्थानान्तरण भएको शाखाबाट सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गरिने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा नम्बर ७, नारायणस्थान (साबिक सन्‌राइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार शुरू गरेको छ ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५ ४ शाखा, ३१८ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्