
प्रहरीले अभियन्ता तारा बराललाई पक्राउ गरेको छ । बरालले आफ्नो चरित्र हत्या गरेको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा साइबर अनुसन्धान ब्यूरोको टोलीले उनलाई राजधानीको बबरमहलबाट पक्राउ गरेको हो ।
ब्युरो प्रमुख डीआईजी नबिन्द अर्यालले पीडितको उजुरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।