
हाम्रो शरीरमा चोटपटक लाग्दा रातो निशान छालामा देखिन्छ । तर कहिलेकाहीँ कुनै चोट नै नलागी पनि यस्ता रंग निस्कने सम्भावना हुन्छ ।

बेलायतको लीसेस्टरमा बस्ने भारतीय मूलका मसाज थेरापिस्ट हितेश पटेलले आफ्नो फेसबूक अकाउन्टमा दाग उठेका मानिसका तस्वीरहरू अपलोड गरेका छन् । उनीकहाँ मसाज गराउन आएका मानिसको ढाडमा यस्ता दाग देखिएका हुन् । काममा घोटिँदा उनीहरूमा रातो दाग देखियो ।
ग्रेस क्याम्पबेल नामक महिला कपाल काट्ने र केशविन्यासको काम गर्छिन् । कामका बेलामा उनले ढाड झुकाइरहनुपर्ने हुन्छ । त्यसैले उनको ढाडमा दागहरू देखिए ।

अर्का व्यक्तिको पनि दिनभरि अप्ठ्यारो काममा जोतिनुपर्दा ढाडमा गोलाकार दागहरू बने । पटेलले उनलाई परम्परागत चिनियाँ गुआ शुआ उपचार गरेपछि बल्ल उनले राहत अनुभव गरे ।
एजेन्सी