१० साउन २०८३, आइतबार
आन्दोलनसँगै अराजकता

विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो

जेठ २७, २०८१
विराटनगर
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
तस्वीरः उत्तम पोखरेल/लोकान्तर ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।  

उनीहरूले आइतवार बिहान साढे १० बजे क्याम्पसअगाडि प्रदर्शन गर्दै को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । 

मोरङको रंगेली नगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू गत शुक्रवारदेखि आन्दोलित थिए ।

null

पक्राउ परेको समूहका सदस्यले निजी विद्यालयहरूले कानूनविपरीत आफूखुसी शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । 

उनीहरूले यसअघि विराटनगरको रोडशेष चौकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका दीपक यादवसहितको टोलीलाई बिनाशर्त रिहाइ नगरे थप आन्दोलन गर्ने उनीहरूको चेतावनी रहेको छ । 

पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विवेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्  ।

यतिबेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि विराटनगरमै रहेका छन् । उनको कार्यक्रम हुने होटल र विद्यार्थीले आगजनी गरेको स्थाननजिकै पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्