०१ असार २०८३, सोमबार
समकक्षीको निमन्त्रणा स्वीकार्दै प्रधानमन्त्री हिँडे दिल्ली

मोदीको शपथमा भाग लिन प्रचण्ड भारत प्रस्थान

जेठ २७, २०८१
काठमाडौं
मोदीको शपथमा भाग लिन प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतवार) भारतको औपचारिक भ्रमणमा निस्किएका छन् ।

नयाँ दिल्लीमा हुन गइरहेको भारतका नननियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज दिउँसो त्यसतर्फ गएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए । ’प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ,’ ती अधिकारीले भने ।

null

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन् ।

उनीहरू यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बिहीवारको बैठकले प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए ।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए ।

गत बुधवार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।

प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई सकारात्मक गति कायम राख्ने बताएका थिए ।

null

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले दुई सय ४० सिट जितेको छ ।

एनडीएको समर्थनमा भाजपाका नेता मोदीले आज अपरान्ह तेस्रो कार्यकालका लागि शपथ ग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ । 

प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्