×

दिल्लीमा प्रचण्ड

भारतमा पनि गठबन्धन सरकार बनेकाले अब सहज हुन्छ– प्रचण्ड

काठमाडाैं | जेठ २८, २०८१

दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा पनि गठबन्धनको सरकार बनेकाले काम गर्न सहज हुने बताएका छन् । दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने उनले बताए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन दिल्ली गएका प्रचण्डले सोमबार दिल्लीस्थित दूतावासमा पत्रकारहरूसँग कुरा गर्दै नेपालमा भएको समीकरणलाई भारतले सहजरूपमा लिने गरेको जिकिर समेत गरे ।


Advertisment

‘भारतमा पनि अहिले नयाँ समीकरण भयो । सन् २०१४ र २०१९ भन्दा फरक भयो । हामी केही वर्षदेखि गठबन्धनको सरकार चलाउँदै आएका छौं, समीकरण तलमाथि भए पनि । निर्वाचन प्रणालीले गर्दा अझै पनि गठबन्धन बनाएर जानुपर्ने देखिन्छ,’ नेपालको नयाँ समीकरणप्रति भारतको दृष्टिकोणबारे सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘भारतमा पनि गठबन्धनको सरकार बन्यो, त्यसले अब सहज हुन्छ । दुवैका अनुभव एकअर्काका लागि फलदायी हुन्छन् ।’ 


Advertisment

प्रचण्डले मोदीलगायत भारतीय नेताहरूसँगको भेटमा आफ्नो अघिल्लो भ्रमणमा भएका समझदारी कार्यान्वयनलाई तीव्रता दिनेबारे कुरा भएको बताए । 

पञ्चेश्वर आयोजनाको कार्यान्वयन, अरुण तेस्रो जलविद्युत् आयोजना र उर्जा व्यापारसँग सम्बन्धित विषयमा छलफल भएको उनले बताए । 

नेपालमा समीकरण बदलिए पनि छिमेक नीतिमा बदलाव नआउनेबारे भारतीय नेताहरू विश्वस्त रहेको उनले बताए । 

‘गठबन्धन बन्ने क्रममा पनि भनेको थिएँ– आन्तरिक कारणले गठबन्धन परिवर्तन भए पनि परराष्ट्र नीतिमा फरक आउँदैन । नेपालको विदेश नीतिमा फरक आउँदो रहेनछ भन्ने विश्वास भएको महसुस गरेको छु,’ प्रचण्डले भने । 

आइतवार दिल्ली गएका प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ । 

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x