
चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा सरकारको ढुकुटी सवा २ खर्बले ऋणात्मक रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति सरकारले १० खर्ब, ५६ अर्ब, ८९ करोड खर्च गर्दा आम्दानी भने जम्मा ८ खर्ब, ३१ अर्ब, ९३ करोड रहेको उल्लेख छ ।
त्यस्तै रेमिट्यान्स भने १९ दशमलव २ प्रतिशतले बढेको उक्त तथ्याङ्कमा उल्लेख छ ।
उक्त तथ्याङ्कमा आयामा दुई दशमलव ४ प्रतिशत, निर्यातमा तीन दशमलव ६ प्रतिशत संकुचन आएको बताइएको छ भने कूल वस्तु व्यापार घाटा दुई दशमलव ३ प्रतिशतले घटेको छ ।
नेपालको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै नेपालको कुल विदेशी विनियम संचिती १९ खर्ब, ४२ अर्ब रहेको छ भने विस्तृत मुद्राप्रदायक आठ दशमलव १ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन साथ दशमलव ८ प्रतिशतले बढेको छ ।
निजी क्षेत्रमा गरिएको कर्जा प्रवाह चार दशमलव ७ प्रतिशतले बढेको छ । निक्षेपको वृद्धिदर १२ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
