१९ असार २०८३, शुक्रबार

सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी

जेठ २८, २०८१
चितवन
सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । 

आज  पत्रकारहरुसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताए । उनले भने, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको उनले भनाइ राखे । 

उनले सबै जातजातिको प्रतिनिधित्व हुने गरी राष्ट्रियसभामा व्यवस्था गरिनुपर्ने धारणा राखे । समानुपातिक निर्वाचन प्रणाली मान्य हो भने यसका लागि पनि निर्वाचन क्षेत्रको व्यवस्था गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्