०३ साउन २०८३, आइतबार

दक्षिण अफ्रिकाको लगातार तेस्रो जीत

जेठ २९, २०८१
काठमाडौं
दक्षिण अफ्रिकाको लगातार तेस्रो जीत

आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रीकाले लगातार तेस्रो जीत दर्ता गरेको छ । सोमबार राति सम्पन्न खेलमा बंगलादेशलाई ४ रनल हराउँदै दक्षिण अफ्रीकाले लगातार तेस्रो जीत दर्ता गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । 

बंगलादेशलाई जितका लागि अन्तिम २ ओभरमा १८ रनको आवश्यकता थियो । १९ औ ओभरमा ७ रन मात्र बनेपछि अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर, बंगलादेशले बनाउन सकेन । 

बंगलादेशका लागि टोहिड हृदोयले ३४ बलमा सर्वाधिक ३७ रन बनाए । महमदुल्लाहके २० तथा नज्मुल हसन शान्टोले १४ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ तथा कागीसो रबाडा र एनरिक नोर्ट्जेले २-२ विकेट लिए ।   

त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट मात्र गुमाएर ११३ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे ।

बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए । 

जितपछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २-२ खेलमा समान २-२ अंक  छ भने नेपाल र श्रीलंका अंकविहीन छन् ।

salt training

कमेन्ट गर्नुहोस्