
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि प्रतिनिधि सभाको कार्यसूचीबाट एउटा विषय हटेको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो ।
बजेट माथिको छलफल प्रारम्भ हुँदासमेत युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित नभएपछि सांसद खतिवडाले मन्त्री नआउँदासम्म बैठक स्थगित गर्न माग गरेका थिए ।
मन्त्री नै उपस्थित नभएपछि कसले सुनेर जवाफ दिने भन्ने प्रश्न खतिवडाले गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको छलफल गर्ने विषय आजको कार्यसूचीबाट हटाएका हुन् ।
विनियोजन विधेयकअन्तर्गत आज शिक्षा मन्त्रालय, युवा तथा श्रम मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत छलफल हुँदैछ ।