२६ असार २०८३, शुक्रबार

कार्यालयभित्रै मृत भेटिइन् महिला प्रहरी जवान

जेठ ३१, २०८१
काठमाडौं
कार्यालयभित्रै मृत भेटिइन् महिला प्रहरी जवान

सिरहाको जिल्ला प्रहरी कार्यालयभित्रै महिला प्रहरी जवान करिष्मा सुनार मृत भेटिइएकी छिन् । 

उनी महिला तथा वालबालिका सेलभित्रको शौचालयमा बिहीवार अपरान्ह करिब ४ बजे झुण्डिएको अवस्थामा फेला परेको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । 

उनका अनुसार बिहान ड्युटी सकेर उनी खाना खान कार्यालय छिरेकी थिइन् । निकैबेर नआएपछि खोजतलास गर्दा शौचालयको सावरमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी पण्डितले दिए । 

उनले भने, ‘सुनारको परिवार नेपालगञ्जमा हुनुहुँदो रहेछ, उहाँहरू आएपछि मात्रै घटनास्थल देखाएर शवको मुचुल्का उठाउँछौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्